निर्माण व्यवसायी महासंघको अध्यक्षमा विसी
सुर्खेत । कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्ष पदमा यामबहादुर विसी निर्विरोध निर्वाचित भएका छन् । यसैगरी महासंघको वरिष्ठ उपाध्यक्षमा भक्तिप्रसाद न्यौपाने, उपाध्यक्षमा राजबहादुर बस्नेत, महासचिवमा मानव बम, सचिवमा भरतकुमार डांगी, कोषाध्यक्षमा प्रदिप खड्का र सह-कोषाध्यक्ष पदमा शिमिमला खड्का निर्वाचित भएको निर्वाचन संयोजक विनोद कोइरालाले जानकारी दिए ।
खुल्ला सदस्य पद तर्फ नविनकुमार थापा, राजेन्द्रकुमार थापा, सुर्यबहादुर खत्री (बमु), खिमबहादुर बुढा र ङिमाछिरिङ्ग बुढा निर्वाचित भएका छन् । सदस्य (पिछडिएको) तर्फ तुलाराज शाही र सदस्य (महिला)मा पदमाकुमारी शाही निर्वाचित भएको निर्वाचन संयोजक कोइरालाले जानकारी दिए ।