दल त्यागेको घोषणा

सुर्खेत,१२ माघ ।

कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले दल त्यागेको घोषणा गरेकछिन् । बुधबार विज्ञप्ति निकालेर उनले आफु नेकपा (एमाले) बाट अलग भएको घोषणा गरेकी हुन् ।

एमालेको कर्णाली प्रदेश सदस्य पदमा रहेकी गुरुङ सोहि पार्टीका समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेकी बनेपछि संविधान बमोजिम दल त्यागको घोषणा गरेका हुन् । प्रदेशसभाको गरिमामय पदमा निर्वाचित भएका कारणले एमाले पार्टीबाट अलग भएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।

‘सभामुख पदमा निर्वाचित गरेकाले साझा भूमिका रहनुपर्ने संवैधानिक प्रावधानप्रति प्रतिबद्ध रहँदै म आबद्ध दल नेकपा (एमाले)को सम्पूर्ण जिम्मेवारी तथा आबद्धताबाट अलग रहेको घोषणा गर्दछु ।’ विज्ञप्तिमा भनिएको छ,‘सभामुख पदको जिम्मेवारी बहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास दिलाउन चाहन्छु ।’

दल त्यागेको घोषणा

गरिब परिचयपत्र वितरण शुरु

दल त्यागेको घोषणा

अलैंचीले बजार नपाउँदा किसान मारमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!