उत्पादन १५ प्रतिशतले घट्नसक्ने

दैलेख,१२ माघ  ।

लामो समयपछि परेको हिउँदे वर्षातबाट दैलेखका किसानले राहत महसुस गरेका छन्। पानी नपर्दा हिउँदे बाली सुक्न थालेको भन्दै चिन्तामा रहेका किसानलाई हिउँदे झरीले राहत अनुभूति गराएको हो। ११ स्थानीय तह, ९० वडा रहेको दैलेखमा प्रायः हिउँदको समयमा खाद्यान्न बालीतर्फ गहुँ, फापर र जौ खेती गरिन्छ। दैलेखमा १२ महिना सिँचाइयोग्य जमिन ७ प्रतिशत मात्र रहेको छ भने अन्य क्षेत्रमा अकासेपानीको भरमा खेती गर्नुपर्ने किसानको बाध्यता छ।

लामो समयपछि परेको पानीले गहुँलगायत हिउँदे खेतीलाई राहत भएको नारायण नगरपालिका–३ भुर्तिका किसान बलिराम शर्माले बताए। पानी नपर्दा हिउँदे बाली नष्ट हुन लागेको थियो। वर्षातले हुँदा राहत दिएको शर्माको भनाइ छ।

५५ वर्षीय बलिरामले भदौबाट पानी नपर्दा सुख्खा जमिनमा लगाइएका गहुँ, जौ, मुसुरो, तोरी, केराउलगाय बाली लगभग ८० प्रतिशत नष्ट भएको बताए। वर्षमा ६ महिना खान पुग्ने हिउँदे बाली पानी नपर्दा नष्ट भएपछि बेसाहा बढ्ने चिन्तामा उनी रहेका छन्।

दैलेखका ११ वटा स्थानीय तहमा १४ हजार ७१० हेक्टरमा कृषकहरूले हिउँदे बाली लगाउँदै आएका कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख घनश्याम कार्कीले बताए। हिउँदे बालीअन्तर्गत खाद्यान्नतर्फ गहुँ १३ हजार ४८५, जौ १७७ र फापर २४ हेक्टरमा र दलहनतर्फ मुसुरो ३१४, चना ३३१ र केराउ ४८३ हेक्टरमा खेती गरेको कार्यालय प्रमुख कार्कीले बताए।

कार्यालय प्रमुख कार्कीले दैलेखको ७ प्रतिशत जमिनमा मात्र १२ महिना सिँचाइ हुने बताएका छन्। उनले गत वर्षको तुलनामा यस वर्ष हिउँदे वर्षा ढिलो भएकाले हिउँदे बाली उत्पादन करिब १५ प्रतिशत कम हुनसक्ने आँकलन गरिएको बताए।

‘ढिलो गरी पानी पर्दा समग्रमा जिल्लाभरमा करिब ३० प्रतिशत जति हिउँदे बाली नष्ट भएको अनुमान गरेका छौँ, गत वर्ष उत्पादन भएको हिउँदे बालीको अनुपातमा यस वर्ष १५ प्रतिशत कम उत्पादन हुने अनुमान छ’, कार्यालय प्रमुख कार्कीले भने।

उनले किसानलाई उत्साह थप्नका लागि कृषि विकास कार्यालय दैलेखले किसानमुखी विभिन्न कार्यक्रम अघि बढाउने बताएका छन्। सिँचाइका लागि विभिन्न साना सिँचाइ योजनाको सम्झौता भएका बताउँदै कार्यालय प्रमुख कार्कीले विशुद्ध किसानहरूको हकहितका लागि कार्यालयले काम अघि बढाउने बताए।

उत्पादन १५ प्रतिशतले घट्नसक्ने

हिउँदेझरी र हिमपातः कतै हर्ष, कतै विस्मात्

उत्पादन १५ प्रतिशतले घट्नसक्ने

गरिब परिचयपत्र वितरण शुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!