राष्ट्रपतिमा एमालेकै उम्मेदवारमा सर्वसम्मति जरूरी छ : योगेश भट्टराई
रूकुम पश्चिम,११ फागुन ।
नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेले राष्ट्रपतिमा अघि सारेको उम्मेदवारमा राष्ट्रिय सहमति जुट्नुपर्ने बताएका छन् । आसन्न राष्ट्रपतिको निर्वाचनमा सत्तारूढ दलबीच गत पुस १० गते भएको सहमतिअनुसार अघि बढ्ने विश्वाससमेत उनले व्यक्त गरे ।
प्रेस चौतारी नेपाल रूकुम पश्चिमले जिल्ला सदरमुकाम मुसीकोटमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले पूर्वसहमतिअनुसार सत्ता समीकरणमा रहेका दलहरू अघि नबढेमा अवस्था यसै भन्न नसकिने बताए । ’माओवादीले सरकारको नेतृत्व मागेर एमालेसम्म आएको हो ।
हामीले त नयाँ समीकरणका लागि प्रयास गर्नु स्वाभाविक थियो‚’ उनले भने, ’घरिघरी सत्ता समीकरण बदल्दा लोकतन्त्र र संविधान नै जोखममा पर्छ । यसकारण हालकै समीकरण काम राख्न हाम्रो अन्तिमसम्म प्रयास हुन्छ ।’ एमालेले मिसन ग्रासरूट अभियान थालेको भन्दै भट्टराईले यो अभियान हरेक प्रदेश, जिल्ला र स्थानीय तह हुँदै वडासम्म पुग्ने पनि बताए ।
कान्तिपुर