पाराथरी सामुदायिक वनको अध्यक्षमा पुन दोहोरिए चन्द्र प्रकाश

दिलीप ढकाल                                                          माघ ९ सुर्खेत।

गुर्भाकोट नगरपालिका वडा नं ६ निमारेमा रहेको पाराथरी सामुदायिक वनको अध्यक्षमा पुनः चन्द्र प्रकाश रोकाय चयन भएका छन। गुर्भाकोट नगरपालिकाको वडा नं ६को नीमारेमा बसेको सामुदायिक उपभोक्ता समूहको आम भेलाले रोकायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो। अध्यक्ष चन्द्र प्रकाश रोकाय र सचिव हरिमाया बिष्ट पुनः सोही पदमा दोहोरिएका छन भने उपाध्यक्ष पदमा तेज बहादुर बिसी , कोषाध्यक्षमा खड्क बहादुर वली,सहसचिवमा पशुपति चुनारा चयन भएका छन अन्य सदस्यमा गीता वि क,सीता वि क,रिता वि क यशोदा वि क लक्ष्मीदेवी सुनार,निर्मला डि सी र विमला वि क चयन भएका छन सीता,रिता, यशोदा र पशुपति नयाँ अनुहार हुन भने बाँकी अन्यको जिम्मेवारी हेरफेर गरिएको हो।

त्यस्तै कुल बहादुर वली को संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ जसमा जीत बहादुर वली, धनकला डाँगी , चन्द्रा वि क र दुर्ग बहादुर कार्की सदस्यमा चयन हुनु भएको छ त्यसै गरी राम बहादुर नेपालीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिएको छ जसमा हरिमाया बिष्ट सदस्य सचिव र लोकेश रोकाय सदस्यमा मा चयन हुनु भएको छ, भने लीले कामी को संयोजकत्वमा गंगाराम वि क, डिल सरा खड्का, जहर सिंह रोकाय सदस्य रहने गरी ५सदस्यीय अनुगमन तथा मूल्यांकन समिति गठन गरिएको छ।

अाम उपभोक्ताले आफू प्रति गरेको विश्वास आशा भरोशा कै कारण पुन अध्यक्षमा दोहोरिएको र आगामी कार्यकालमा अझै थप सुधारका कार्य गर्दै जाने जानकारी अध्यक्षले दिए ।  साथै आगामी मार्च २१ अर्थात् विश्व वातावरण दिवस को दिन विशेष कार्यक्रम मार्फत पहिलो कार्यकालको सम्पूर्ण प्रगति विवरण र दोश्रो कार्यकालका नीति तथा योजना सार्वजनिक गरिने अध्यक्ष रोकायले जानकारी दिए ।

पाराथरी सामुदायिक वनको अध्यक्षमा पुन दोहोरिए चन्द्र प्रकाश

YUGAAWHAN NATIONAL DAILY (2079-10-09)

पाराथरी सामुदायिक वनको अध्यक्षमा पुन दोहोरिए चन्द्र प्रकाश

बढ्दैछन् कुपोषित बालबालिका

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!