स्वतन्त्र पार्टीले तोक्यो उपनेता र प्रमुख सचेतक

काठमाडौं,९  माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले दलको उपनेता र प्रमुख सचेतक तोकेको छ। केन्द्रीय कार्यालय बसुन्धारामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले दलको उपनेतामा सांसद विराजभक्त श्रेष्ठलाई जिम्मेवारी दिएको हो। गत मंसिरमा भएको चुनावमा श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका थिए। उनी २०७४ को चुनावबाट बागमती प्रदेश सभा सदस्य भएका थिए।

यस्तै दलको प्रमुख सचेतकमा सांसद सन्तोष परियारलाई जिम्मेवारी दिइएको पार्टीका महामन्त्री डा. मुकुल ढकालले बताए। सन्तोष समानुपातिकतर्फबाट रास्वपा सांसद छन्। रास्वपाबाट दल नेतामा पार्टी सभापति रवि लामिछाने छन्। उनी उपप्रधान तथा गृहमन्त्री छन्।

रास्वपाबाट उपसभामुखमा सांसद इन्दिरा राना निर्वाचित भइसकेकी छन्। यस्तै रास्वपा सांसदहरू डोलप्रसाद अर्याल श्रम मन्त्री, शिशिर खनाल शिक्षा मन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएकी थिइन्। प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्।

सेताेपाटी 

स्वतन्त्र पार्टीले तोक्यो उपनेता र प्रमुख सचेतक

रास्वपाबाट अलग भएको छुः उपसभामुख राना

स्वतन्त्र पार्टीले तोक्यो उपनेता र प्रमुख सचेतक

ओली–दाहाल : आशंका र अविश्वासको सम्बन्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!