पश्चिमी निम्‍न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, आजदेखि पानी पर्ने सम्भावना

काठमाडौं,९ माघ ।

आज साँझबाट नेपालको पश्चिमी क्षेत्रमा वर्षा सुरू हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाटै देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने महाशाखाले जानकारी दिएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

यो प्रणाली काठमाडौं उपत्यका आसपास आउन केही समय नै लाग्ने देखिएको महाशाखाका मौसमविद सन्जिब अधिकारीले सेतोपाटीलाई जानकारी दिए। ‘आजभन्दा भोलि वर्षा हुने सम्भावना अलिक बढी देखिए पनि काठमाडौंसम्म आइपुग्ने सम्भावना छैन’, अधिकारीले भने।

हाल काठमाडौं उपत्यकाको मौसम हिजो अस्तीको भन्दा केही सफा देखिएको छ। आजको भिजिविलिटी ५ किलिमिटरसम्म रहेको उनले जानकारी दिए। बिहान ७ बजेको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ।

मंगलबार र बुधबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। हल्का वर्षा र हिमपातको साथै तराईका केही भू–भागहरूमा हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सेताेपाटी

पश्चिमी निम्‍न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, आजदेखि पानी पर्ने सम्भावना

रास्वपाबाट अलग भएको छुः उपसभामुख राना

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!