अरिङ्गालले टोकेर एकजनाको ज्यान गयो

जाजरकोट ।
जाजरकोटको कुशे गाउँपालिकामा अरिङ्गालले टोकेर एकजनाको ज्यान गएको छ । कुशे गाउँपालिका –८ जिन्तालाकी ६३ वर्षीया कालिका देवी सिंहको ज्यान गएको हो ।

बाख्रा चराउन गोठालो गएको बेला सय बढी कालो अरिङगालले टोकेर ज्यान गएको वडाध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी दिए ।
अरिङगालले टोकेर घाइते भएकी सिंहलाई उपचारका लागि बुधबार घरङगा स्वास्थ्य चौकीमा लिइएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा दम्दालामा मृत्यु भएको हो ।

अरिङ्गालले टोकेर एकजनाको ज्यान गयो

हुम्लामा पहिलो पटक कोदो महोत्सव

अरिङ्गालले टोकेर एकजनाको ज्यान गयो

दैलेखमा बस्दै आएका राउटे दसैँ खर्चको जोहो