उपप्रधानमन्त्रीबाट हटाइदिँदा हुन्छ, फरक पर्दैनः उपप्रधान तथा गृहमन्त्री लामिछाने

काठमाडौं,७  माघ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्रीको पदबाट हटाएपनि खास फरक नपर्ने बताएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकपछि पत्रकाहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्रीको पदबाट हटाउने भए सुरूमा आफ्नैबाट हटाएपनि फरक नपर्ने बताएका हुन्।

यसले सरकारलाई कुनै भार नथपिने भएकाले राखिएको पनि उनको तर्क थियो। ‘उपप्रधानमन्त्रीहरू बन्दै गएका कुराहरू छन्। यसले थप भार पार्ने भन्दापनि गठबन्धनबाट गर्ने भनिएको हो। हटाउने भएपनि सबैभन्दा पहिला मेरोबाट हटाइदिँदा हुन्छ, केही फरक पर्दैन,’ उनले भने, ‘अभ्यास हो यो तर त्यसले धेरै कुनै ठूलो भार नपर्ने देखिएको छ। मैले प्रस्ताव राखेको छु, त्यसमा झुन्डिनुपर्छ जस्तो मलाई लाग्दैन।’

उनले आफू सरकारमा हुँदा नतिजा निकाल्नेगरी काम गर्ने पनि बताए। उनले हत्या आरोपित सांसद नेकपा एमालेका लक्ष्मी कोइरी महतोलाई चाँडै समात्ने पनि बताए।

सेताेपाटी 

उपप्रधानमन्त्रीबाट हटाइदिँदा हुन्छ, फरक पर्दैनः उपप्रधान तथा गृहमन्त्री लामिछाने

वीरेन्द्रनगरमा एक युवक मृत फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!