वीरेन्द्रनगरमा एक युवक मृत फेला

सुर्खेत,७ माघ ।

सुर्खेत वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन्। वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ। घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री सडकमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्रबहादुर खड्का बाँसको घारीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक सुरज कार्कीले बताए।

मोटरसाइकल पार्किङ गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनको शव देखेपछि स्थानीयले प्रहरीलाई बोलाएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रासस 

वीरेन्द्रनगरमा एक युवक मृत फेला

डा.सन्दुक रूइतले भेटे प्रधानमन्त्री प्रचण्डलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!