राष्ट्रपतिमा कुनै समझदारी भइदिए हुन्थ्यो भनेर प्रयास गर्दैछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,५ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले राष्ट्रपतिमा समझदारीका लागि प्रयासरत रहेको बताएका छन्। संसद बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यसका लागि सत्ता साझेदार दलहरूसँग छलफल गरिरहेको बताए।

उनले आज सभामुख पदमा गठबन्धनकै उम्मेदवार निर्वाचित भएको भन्दै उपसभामुखमा पनि यसैगरी गठब्धनका उम्मेदवार निर्वाचित हुने बताए। ’आज हेर्नुभयो नै होला। सभाखुमा सत्ता साझेदाल दलबाट निर्वाचित हुनुभयो। भोलि यसैगरी उपसभामुखमा पनि निर्वाचित बन्नुहुनेछ,’ उनले भने।

उनले राष्ट्रपतिको निर्वाचनका लागि समय रहेको भन्दै त्यसका लागि समझदारीको प्रयास भइरहेको बताए। ’राष्ट्रपतिमा कुनै समझदारी भइदिए हुन्थ्यो भनेर म प्रयास गर्दैछु। यस विषयमा सत्ता साझेदार दलहरूसँग छलफल भइरहेको छ,’ उनले भने।

अन्नपुर्ण 

राष्ट्रपतिमा कुनै समझदारी भइदिए हुन्थ्यो भनेर प्रयास गर्दैछु :  प्रधानमन्त्री प्रचण्ड

कुरूप बन्दै बुलबुले ताल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!