एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो : ओली

काठमाडौं,५ माघ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति एमालेले पाउनुपर्ने सहमति भएको बताएका छन्। उनले सोहीबमोजिम एमालेले राष्ट्रपतिको उम्मेदवार उठाउने बताए।

संसद बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेको उम्मेदवारलाई नै राष्ट्रिय सहमति बनाउनुपर्ने बताए। ’राष्ट्रपतिमा नेकपा एमालेले उम्मेदवार उठाउँछ। हाम्रो सहमति त्यही हो। त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ,’ उनले भने।

राष्ट्रपतिमा एमालेको उम्मेदवार को भन्ने जिज्ञासामा ओलीले कुनै जवाफ फर्काएनन्। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा समझदारी गर्ने प्रयासमा आफू रहेको बताएका थिए। यता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख निर्वाचित हुन नसके पनि राष्ट्रपतिमा परिणाम आउनेगरी उम्मेदवार उठाउने बताएका थिए।

अन्नपुर्ण 

एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो :  ओली

काठमाडौंमा सिभिल मलमा एक पुरूषले आफैंमाथि लगाए

Leave a comment

Your email address will not be published. Required fields are marked *