चिया बेचेर संकलन गरिएको  रकमले  न्यानो कपडा बितरण 

सुर्खेत,५ माघ ।

 मध्य पश्चिम बिश्वबिधालय स्कूल अफ म्यानेजमेण्ट (मूसोम) को बिधार्थीले कल्याण परिषदले बुधबार  बिरेन्द्रनगर नगरपालिका वडा नं १ मा अवस्थित नेपाल राष्ट्रिय आधारभूत विधालय, दिपमाला आधारभूत विधालय तथा सरस्वती आधारभूत विधालयमा अध्यनरत अती बिपन्न बालबालिकाहरु लाई न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न गरेका छन ।

कार्यक्रममा मध्य पश्चिम बिश्वबिधालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह, मूसोमका निर्देशक डा. सुशील कुमार शाही, मूसोमका बीबीए डिपार्टमेंट हेड डिल्लू प्रसाद ढुंगना, बिरेन्द्रनगर नगरपालिका वडा नं १ का अध्यक्ष दिनेश खत्री ,

मूसोम बिधार्थी कल्याण परिषदका अध्यक्ष समीर सूबेदी, मोटे ग्याङ्ग नेपालका अध्यक्ष कुमार समशेर थापा, मूसोम एल्मुनाइका सचिब संजय नाथ योगी, सम्बन्धित बिधालयका संचालक समितिका अध्यक्ष तथा सदस्यहरु, प्रधानाध्यापक, शिक्षक लगायत मुसोमका बिधार्थीहरूको सहभागिता रहेको थियो ।

यकार्यक्रमका लागी पाैष २६ गते  सुर्खेत बीरेन्द्रनगरको मंगलगढ़ीचोक, एरीचोक, क्याम्पसरोड र पिपलचौतारामा यस मूसोममा अध्ययनरत बिधार्थी द्वारा चिया बेचेर रकम संकलन गरिएको थियो । रकम संकलन गर्ने टीम र जम्मा रकम बिवरण

निर्मला भण्डारी र टिम (बीबीए ४) रु ७६५०
शान्ति शाही र टिम (बीबीए ६) रु ८२५५
दीक्षा जी सी र टीम (बीबीए ६) रु १३२०५
सिर्जना के.सी र टिम ( एमबीए ४ र बीबीए २) रू २००००  रकम संकलन भएकाे थियाे । 

 

चिया बेचेर संकलन गरिएको  रकमले  न्यानो कपडा बितरण 

गुर्भाकोट नगरपालिकाको १२ औ नगर सभा सम्पन्न

चिया बेचेर संकलन गरिएको  रकमले  न्यानो कपडा बितरण 

राष्ट्रिय लाेक तथा दाेहारी गीत कर्णालीकाे दाेस्राे

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!