गुर्भाकोट नगरपालिकाको १२ औ नगर सभा सम्पन्न

दिलिप ढकाल

माघ ५, सुर्खेत ।

गुर्भाकोट नगरपालिकाको १२ औ नगर सभा आज सम्पन्न भएको छ। नगरपालिकाको वडा नम्बर ८ स्थित सिटि हलमा दिउसो १ बजे सुरु भएको १२ औ नगर सभा साझ करिब ४ बजे सम्पन्न भएको थियो।

नगरको १२ औ नगर सभाले विभिन्न बिद्यकहरु सर्बसम्मतले पास गरेको छ। नगर प्रमुख तथा सभाका सभाध्याक्ष हस्त पुन को अनुमतिमा गुर्भाकोट नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तथा गुर्भाकोट नगरपालिका विद्यक समितिका संयोजक राजन बिसीले उद्योग ब्यबसाय बिध्यक २०७९ तथा गुर्भाकोट नगरपालिकाको ब्यापार ब्यबसाय बिध्यक २०७९ सभा समक्ष पेस गरेका थिए ।

त्यसै गरि सार्बजनिक सेवा तथा क्षमता बिकास समितिका संयोजक तथा गुर्भाकोट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राम बहादुर डाँगीले गुर्भाकोट नगरपालिकाको नगर कार्यपालिकाले पालिकाको केन्द्र वडा नम्बर १२ को सुभघाटमा तोक्ने गरि नगर कार्यपालिकाको बैठकमा भएको निर्णय सभामा पेस गरेका थिए ।

त्यस्तै गुर्भाकोट नगरपालिका नगर उपप्रमुख मैना बिकले गुर्भाकोट नगरपालिकाको आर्थिक ऐन पहिलो संसोधन बिध्यक २०७९ र आर्थिक बर्ष २०७९÷८० को बजेट तथा कार्यक्रम संसोधन प्रस्ताब छलफलका लागि सभामा पेस गरेकि थिइन । सभामा सदस्य हस्त बहादुर सुनारले सदस्यले अघिल्ला वर्ष हरुमा बाढीबाट धान बालीमा भएको क्षति र पाउनु पर्ने रकम अहिलेसम्म नपाउनु र जेष्ट नागरिक तथा वृद्दबृद्दा हरुलाई सामाजिक सुरक्षा भत्ता अहिले सम्म वडाबाट वितरण गर्न नसक्नुको कारण सभाका सभाध्याक्ष सँग माग गरेका थिए।

त्यस लगतै नगर सभा सदस्य हस्त पुनले सभामा उठेका सबै प्रश्नको जबाफ दिएका थिए । उनले धानबालीको क्षतिको विवरण नगरपालिका बाट सबै भन्दा जिल्ला प्रशासन कार्यालय हुदै केन्द्रमा पुर्याएको जानकारी दिए । त्यति बेला गुर्भाकोट नगरपालिका मा भन्दा धेरै गुणा क्षति भएका अन्य तराईका जिल्ला भएकाले राहात रकम तराई तिर जादा गुर्भाकोटका धान क्षति भएका किसानलाई राहत उपलब्ध गराउन नसकिएको र कोसिस गर्ने समेत बताए ।

यस्तै जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वाडा बाटै बितरण गर्ने निर्णय भएपनि बिबिध कारणले कार्यन्वयन हुन नसकेको हुदा अब देखि बैक बाट वितरण हुने सामाजिक सुरक्षा भटा सिधै वडा बाट बाढ्ने ब्यबस्था मिलाउने समेत सभामा बताए ।

नगर प्रमुख तथा सभाका सभाध्याक्ष हस्त पुनले विभिन्न समितिका संयोजकले प्रस्तुत गर्नु भएका बिध्यकहरु निर्णायार्थ सभामा पेस गरेका थिए ।  र उक्त बिध्यकहरु तालिबजाएर सर्बसम्मत पारित गरिएको थियो। अन्तमा नगर प्रमुख तथा सभाका सभाध्याक्ष हस्त पुन १२ औ नगर सभामा प्रतक्ष तथा अप्रतक्ष रुपमा सहयोग गर्ने सबै लाई धन्यबाद ज्ञापन गर्दै नगर सभा सकिएको घोषणा गरेका थिए ।

सभामा नगर प्रमुख ,उप प्रमुख प्रसासकिय अधिकृत देबकिरण बुढा प्रशासन् प्रमुख चित्र ढकाल ,बिभिन्न शाखामा कार्यरत कर्मचारी , १४ वटै वडाका वडा अध्यक्ष तथा वडा सदस्य,कार्यपालिका सदस्य वडा सचिव,सुरक्षाकर्मी तथा संचारकर्मीको उपस्थिति रहेको थियो।

गुर्भाकोट नगरपालिकाको १२ औ नगर सभा सम्पन्न

सात प्रदेशका सात सभामुख

गुर्भाकोट नगरपालिकाको १२ औ नगर सभा सम्पन्न

चिया बेचेर संकलन गरिएको  रकमले  न्यानो कपडा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!