हाजिर नै नगरी पारिश्रमिक भुक्तानी

हुम्ला ।
सात जना सुपरभाइजरहरूले वर्ष भरि हाजिरी नै नगरी मासिक पारिश्रमिक लिने गरेको पाइएको छ ।

हिल्सा सिमकोट सडक आयोजनाले कवाडीदेखि हिल्सासम्मको सडक निर्माणमा खटिएका सुपरभाइजरहरूले हाजिरी नै नगरी पारिश्रमिक दिने गरेको पाइएको हो ।

कर्णाली कोरिडोरको कवाडीदेखि सर्केगार्डसम्म निर्माण भई रहेका कल्भर्डहरुको काम हेर्ने मौखिक जिम्मेवारी पाउनु भएका सुपरभाइजर लोक जन रावतले आर्थिक वर्ष २०७९।०८० मा हाजिरी नगरेरै मासिक पारिश्रमिक पाएको बताए ।

उनले आफूलाई हिल्सा सिमकोट सडक आयोजनाले नियुक्ति समेत नदिएको बताउँदै काममा मौखिक रूपमा खटाउने र मासिक पच्चीस हजार भने नगद दिने गरेको बताए ।

उनले आयोजनाले नियुक्ति नदिएरै नगद हातमा दिने र आफूले हाजिर समेत गर्नु नपर्ने बताए । उनले पारिश्रमिक पनि ज्यालादारी बराबर हुने गरी नदिने गरेको बताए ।

रावतको जस्तै बिना नियुक्ति र हाजिरी मासिक पारिश्रमिक खाँदै आउनु भएका अर्को सुपरभाइजरमा याल्वाङदेखि हिल्सासम्म निर्माण कार्य भई रहेको सडकको काम हेर्दै आउनु भएका नन्दबहादुर शाहीको पिडा पनि उस्तै रहेको छ ।

उनले कार्यालय सहयोगी भन्दा कम पारिश्रमिक खाएर काम गर्नु परि रहेको पिडा सुनाउँदै कम्तीमा पनि जिल्ला दररेट अनुसारको पारिश्रमिक नपाएको बताएका छन् । जिल्ला दररेटमा अदक्ष कामदारको दैनिक ज्याला एक हजार रुपियाँ रहेको छ ।

यस हिसाबले पनि उनीहरूले मासिक तीस हजार पाउनु पर्ने हो । तर उनले बिना तलबी पेरुल मासिक पच्चीस हजार रुपियाँ मात्र पाउने गरेका छन् ।

यसरी आयोजनाको सिमकोट कवाडी र सिमकोट हिल्सा क्षेत्रमा काम गर्ने मौखिक सुपरभाइजरहरू सात जना रहेका छन् ।
अन्य सुपरभाइजरहरूमा विकास रावत, नन्द रोकाया, विश्व शाही, अस्वीन थापा र उर्मिला लामा रहेका छन् ।

हाजिर नै नगरी पारिश्रमिक भुक्तानी

जनप्रतिनिधिलाई नागरिकको साझा बन्न मन्त्री बीसीको आग्रह

हाजिर नै नगरी पारिश्रमिक भुक्तानी

‘डिजिटल कर्णाली’ केवल नारामा मात्र सिमित भएको