वीरेन्द्रनगरमा बजार अनुगमनमा वृद्धि गरिने

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकामा बजार व्यवस्थापनका लागि अनुगमन बढाइने भएको छ । उपभोक्ता हित संरक्षणका लागि नगरपालिका र सम्बन्धित निकायहरुले वार्षिक रुपमा नियमित तथा आकस्मिक गरी एक सय भन्दा धेरै पटक बजार अनुगमन गर्ने भएका हुन् ।
चालु आर्थिक वर्ष २०८०-०८१ मा नियमित बजार अगुमगन लगायत विशेष गरी ६ प्रकारका गतिविधि सहित बजार अगुमगन गरिने भएको हो । पालिकाले स्वच्छ बजार निर्माणमा योगदान पु¥याउने अपेक्षित उपलब्धी सहित वार्षिक रुपमा ५२ पटक नियमित बजार अनुगमन गर्ने योजना गरेको छ ।

यस वाहेक पालिकामा वार्षिक रुपमा आकस्मिक रुपमा बजार अनुमन समेत गरिनेछ । मासिक रुपमा एक पटक हुनेगरी वार्षिक १२ पटकसम्म पालिका लगायतले बजार अनुगमन गर्ने योजना गरिएको वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख निलकण्ड खनालले जानकारी दिए ।
विशेष क्षेत्रलाई लक्षित गरेर समेत बजार अगुमन हुनेछन् । माछा, मासुजन्य पदार्थ, खाद्यान्न, अत्यावश्यक आकस्मिक औषधी, खानेपानी र यातायात क्षेत्रमा विशेष रुपमा छुट्टाछुट्टै अनुमगनहरु हुनेछन् । विशेष क्षेत्रहरु तर्फ वार्षिक रुपमा २० पटकसम्म अनुगमन हुनेछन् ।
चाडपर्वका समयमा समेत वार्षिक रुपमा २० वटा अनुगमनहरु हुनेछन् ।

चाडपर्वका समयमा हुनसक्ने उपभोक्ता हित विरुद्धका व्यापारिक क्रियाकलापलाई नियन्त्रण गर्न यि अनुगमनहरु हुने उपप्रमुख खनालले जानकारी दिए । त्यसवाहेक विशेष क्षेत्र अनुगमन तर्फ चेकलिष्ट सहित थप चार पटक बजार अनुमगन हुनेछन् । यो अनुमगन तीन महिनाको एक पटक गरी वार्षिक चार पटक बजार अनुमगन हुने खनालले जानकारी दिए ।

नाकामा आकस्मिक अनुगमन

नगरपालिका प्रवेश नाकामा समेत पालिका लगायतको समन्वयमा बजार अनुगमनहरु हुनेछन् । नियमित र आकस्मिक गरी वार्षिक रुपमा कुल २० पटकसम्म अनुगमन हुनेछन् ।

नगरपालिका क्षेत्रभित्र आयात हुने वस्तुको ७० प्रतिशत म्याद कायम भएका र गुणस्तरको लेवल लागेका वस्तुलाई मात्र वीरेन्द्रनगरमा पैठारी गराउन दिने उद्देश्यले नाकामा अनुगमन गरिनेछ । यसरी नाकामा हुने अनुगमनमा नियमित तर्फ १२ पटक र आकस्मिक तर्फ आठ पटक नाकामा बजार अनुमगन गर्ने योजना छ ।

समन्वय भईरहेको छः उपप्रमुख खनाल

वीरेन्द्रनगर बजार अनुगमनका लागि जिल्ला प्रशासन कार्यालय लगायतसँग सहकार्य तथा समन्वय भईरहेको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख खनाल बताउछन् ।

बजारमा उपभोक्ताको हित संरक्षणलाई मध्येनजर गर्दै सम्बन्धित अन्य निकायहरुसँग समन्वय गरेर बजार अनुगमनको कार्ययोजना समेत तयार भएको उनले जानकारी दिए । उनले भने, ‘चाडपर्वको मध्येनजर गरेर बजार अनुगमनलाई तिब्रता पारिनेछ । त्यसैगरी अन्य समयमा पनि अनुगमनहरु भईरहेको छ ।’

जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लगायतका सरोकारवाला कार्यालयहरुसँग समन्वय गरेर बजार अनुगमनमा तिब्रता पारिने उनले बताए ।

वीरेन्द्रनगरमा बजार अनुगमनमा वृद्धि गरिने

कालिकोटमा एचआइभी सङ्क्रमित बढ्दै

वीरेन्द्रनगरमा बजार अनुगमनमा वृद्धि गरिने

घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको