नयाँ मन्त्रीहरूको सपथग्रहण भोलि

काठमाडौं,२ माघ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने भएको छ। संयन्त्रको बैठक बेलुकी ५ बजे बालुवाटारमा डाकिएको छ। बैठकले मन्त्रालय भागबण्डालाई अन्तिम रुप दिने स्रोतले जनाएको छ। त्यसलगत्तै सत्तारुढ दलहरूले नयाँ मन्त्रीको टुंगो लगाउने छ।

बालुवाटार स्रोतका अनुसार भोलि (मंगलबार) बेलुकीसम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। आज शोक विदा भएकाले मन्त्री विस्तार भोलिसम्मलाई सारिएको स्रोतको दाबी छ। ’भोलिसम्म नयाँ मन्त्री र नतोकीएकाहरूको कार्यभार तोकेर सपथग्रहण गराउने तयारी गरिएको छ,’ स्रोतले भन्यो।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले पनि नयाँ मन्त्रीहरूको सपथग्रहण भोलि गराइने बताए। ‘केहिबेरमै संयन्त्रको बैठक बस्दैछ। आज पोखरा विमान दुर्घटनाले शोक पनि भयो। त्यसैले भोलिसम्म सपथग्रहण हुन्छ,’ उनले भने।

आज बिहान करिब ५ घण्टा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। सो क्रममा नेपाली कांग्रेसले विश्वासको मत दिएपछि सत्ता साझेदार दलको रणनीति, मन्त्रिपरिषद् विस्तार, सभामुख निर्वाचनलगायतका विषयमा छलफल भएको थियो।

अन्नपुर्ण 

नयाँ मन्त्रीहरूको सपथग्रहण भोलि

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नयाँ मन्त्रीहरूको सपथग्रहण भोलि

विद्यालय व्यवस्थापन समितिमा एकलौटी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!