दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ,२ माघ ।

दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. १६ लेटारका २१ वर्षीय चालक सुशील चौधरी र घोराही– १८ का विवेक चौधरीको मृत्यु भएको हो।

चालक सुशीलको घटनास्थलमै र विवेकको उपचारका क्रममा सोमबार बिहान साढे पाँच बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए।उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पु¥याएलगत्तै चिकित्सकले चालक सुशीललाई मृत घोषणा गरेका थिए।

घोराही–१६ बेसाइ गाउँबाट सर्रा–सौडियार खण्ड अन्तरगत सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। डिएसपी गौतमका अनुसार मोटरसाइकलमा सावर दुबै जनाले मापसे गरेका थिए। चालकको साथबाट सवारी चालक अनुमति पत्र वा सवारी धनी कागजात केही पनि फेला नपरेको प्रहरीले जनाएको छ।

सेताेपाटी 

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नयाँ मन्त्रीहरूको सपथग्रहण भोलि

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!