यस्तो छ आजको मौसम

काठमाडौं,२ माघ ।

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली (रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशको तराई क्षेत्रमा भने हुस्सु÷कुहिरो लागेको छ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

आज राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात तथा तराईका भूभागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने हुनाले दैनिक जनजीवन प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ। महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज काठमाडौं उपत्यकामा बिहान केही हुस्सु लागेसँगै चिसो बढे पनि दिउँसोतिर मौसम सफा रहनेछ।

सेताेपाटी 

यस्तो छ आजको मौसम

पोखरामा जहाज दुर्घटनाः ४ जना अझै फेला

यस्तो छ आजको मौसम

YUGAAWHAN NATIONAL DAILY (2079-10-02)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!