पोखरामा जहाज दुर्घटनाः ४ जना अझै फेला परेनन्, बिहानैदेखि खोजी गरिँदै

काठमाडौं, २ माघ ।

पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटनामा परेका ४ जना अझै फेला परेका छैनन्। आइतबार साँझसम्म खोजी गरे पनि उनीहरू फेला नपरेका हुन्।रातको समयमा उद्धार कार्यमा कठिनाइ भएपछि गए राति भने खोजी गरिएन।

आज बिहानैदेखि उनीहरूको खोजी भइरहेको छ। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको गोताखोर टोली पनि परिचालन गरिएको छ। पहिचान भएका पोखरा तथा आसपासका क्षेत्रका व्यक्तिका शव भने सोमबार पोखराबाटै परिवार तथा आफन्तको जिम्मा लगाइने भएको छ।

काठमाडौंका र विदेशी यात्रुका शव भने हेलिकप्टरमार्फत काठमाडौं लगेर परिवारलाई जिम्मा लगाउने तयारी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। चालक दलका ४ जना सदस्यसहित यति एयरलाइन्सको जहाजमा ७२ जना थिए।

पोखरामा जहाज दुर्घटनाः ४ जना अझै फेला परेनन्, बिहानैदेखि खोजी गरिँदै

जसले को–पाइलट श्रीमानको मृत्युपछि सोही पेसा रोजेकी

पोखरामा जहाज दुर्घटनाः ४ जना अझै फेला परेनन्, बिहानैदेखि खोजी गरिँदै

यस्तो छ आजको मौसम

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!