नेशनल माईक्रोफाईनान्स लघुवित्तको समूह गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न

दिलिप ढकाल
सुर्खेत । गुर्भाकोटमा नेशनल माईक्रोफाईनान्स लघुवित्तले समूह अध्यक्ष गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । २०७५ सालमा पुर्बी सुर्खेतका तिन पालिका गुर्भाकोट, लेकबेशी र भेरिगंगा नगरपालिकालाई सेवा दिने गरी स्थापना भएको लघुवित्तले मेहेलकुनामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको उद्घाटन गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष किरण कुमार बिक गरेका थिए ।

मेहेलकुना शाखा प्रबन्धक एकानन्द न्यौपानेले स्थापना कालदेखि हालसम्म सस्थाले गरेको काम कार्य प्रगतिका बारेमा प्रकाश पारेका थिए । प्रवन्धक न्यौपानेले हाल सस्थामा १२५० जना शेर सदस्य रहेको र ५०० जना भन्दा बढी सेवाग्राहीलाई करिब आठ करोड पचास लाख बराबरको कर्जा प्रवाह गरेको बताए । जसमा २ करोड बढी महिलाहरुलाई कर्जा प्रवाह गरिएको न्यौपानेले बताए ।

यस्तै संस्थाका केन्द्रिय कार्यालय प्रतिनिधि बिष्णु कुमार बिश्वकर्माले देशभर १०३ शाखा कार्यालय स्थापना गरी डेढ लाख बढी सदस्य बनाउन सफल भएको बताए । यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष किरणकुमार बिकले लघुवित्तले आर्थिक समस्याको हल गर्नमा सहयोग पुर्‍याउदै आएको उल्लेख गर्दै जुन प्रयोजनका लागि कर्जा लिएको सोही बमोजिम अगासड बढ्न सके कर्जा चुक्ता गर्न कुनै समस्या नहुने धारण व्यक्त गरेका थिए ।

नेशनल माईक्रोफाईनान्स लघुवित्तको समूह गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न

YUGAAWHAN NATIONAL DAILY (2079-11-30)

नेशनल माईक्रोफाईनान्स लघुवित्तको समूह गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न

वन्यजन्तुलाई जोगिनै मुश्किल, वासस्थान नै छैनन सुरक्षित

Leave a comment

Your email address will not be published. Required fields are marked *