लेखफर्सामा खानेपानी आयोजना कार्यको सार्वजानिक लेखापरिक्षण तथा योजना हस्तान्त्रण

सुर्खेत,२९ पाैष ।

लेखफर्सा खानेपानी तथा सरसफाई योजना लेकवेशी १ र २ को खानेपानी आयोजना कार्यको सार्वजानिक लेखापरिक्षण तथा योजना हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ । साविक  लेखफर्सा गाउ विकास समिती वडा न. ९ को गुएलाघमरी मुहान वाट ९ सार्वजानीक धारा निर्माण गरि ८ देखी १० घरधुरी सम्मको लागि सेवा विस्तार भएको र हाल जनसंख्या पनि वृद्धी भएको र पुरानो संरचना भएकाले खानेपानीको अभाव रहेको थियो ।

लेखफर्सा खानेपानी सरसफाई उपभोत्ता समितीको पहलमा समाज जागरण केन्द्र (स्याक) नेपालको को समन्वय तथा हेल्भटास र लेकवेशी नगरपालिकाको सहयोगमा २५२ घरधुरीलाई खानेपानीको धारा जडान गरिएको छ ।

एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम अन्तरगत करिव २६ लाख ३८ हजार, लेकवेशी नगरपालिकाको १२ लाख ३३ हजार र समुदायको १६ लाख ७५ हजार गरि जम्मा करिव ५५ लाख ४६ हजारको लागत सहभागितामा सम्पन्न आयोजनाको लेखापरिक्षण समेत गरिएको छ ।

खानेपानी आयोजना कार्य सम्पन्न भएको हुदा योजना हस्तान्त्रन गदै सामाज जागरण केन्द्र स्याक नेपालको कार्यसमिती सदस्य अकवर खानले खानेपानीको विकल्प अरु हुन नसक्ने भन्दौ यसको संरक्षणको पुर्ण दायित्व पनि समुदाय रहेको बताए  ।  कार्यक्रममा प्रमुख अतिथिको रुपमा लेकवेशी नगरपालिकाका निवर्तमान मेयर गगन सुनारले एक घर एक घाराको अवधारण अन्तगत नै यो योजना सुरुभएको बताए  ।

कार्यक्रममा लेकवेशी नगरपालिकाका कार्यपालिका सदस्य मुत्ती खडका, वडा सदस्यहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, समाज सेवीहरु, तथा उपभोत्ताहरुको सहभागितामा लेखफर्सा खानेपानी तथा सरसफाई योजना का अध्यक्ष गेहेन्द्र प्रसाद पाण्डे अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *