मन्त्रिपरिषद् विस्तार गर्न बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं,२८ पाैष ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मन्त्रपरिषद् विस्तारका विषयमा छलफल गर्न बिहीबार बालुवाटारमा दुई नेताहरूबीच भेटवार्ता भएको हो।

यसअघि सत्ता साझेदार दलको बैठक डाकिए पनि कार्यव्यस्तताका कारण बैठक हुन नसकेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने चितवनमा छन् भने अन्य दलका नेताहरू पनि पार्टीका काममा व्यस्त रहेकाले दुई नेताबीचमात्रै छलफल भएको हो।

विश्वासको मत पाइसकेपछि प्रधानमन्त्री प्रचण्ड र ओलीले मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिपरेका छन्। उनीहरूबीच बुधबार बालकोटमा समेत छलफल भएको थियो। उनीहरूबीच सभामुखख, उपसभामुख र राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका विषयमा पनि छलफल भएको छ।

अन्नपुर्ण 

मन्त्रिपरिषद् विस्तार गर्न बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

सभामुख निर्वाचनबारे अन्य दलसँग छलफल गर्ने कांग्रेस

मन्त्रिपरिषद् विस्तार गर्न बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा पदभार ग्रहण

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!