सभामुख निर्वाचनबारे अन्य दलसँग छलफल गर्ने कांग्रेस पदाधिकारीको निर्णय

काठमाडौं,२८ पाैष ।
नेपाली कांग्रेस पदाधिकारी बैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले सभामुख निर्वाचनबारे अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो। पार्टी सहमहामन्त्री बद्री पाण्डेका अनुसार सभामुख र उपसभामुख निर्वाचनबारे संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरुसँग छलफल गर्ने निर्णय भएको हो ।
पाण्डेले बैठकपछि भने,’सभामुख र उपसभामुखमा उम्मेदवारीबारे दलहरुसँग छलफल गरेर निर्णयमा पुग्छौं । प्रदेशहरुको हकमा सभामुख र उपसभामुख निर्वाचन सन्दर्भमा प्रदेश कार्य समितिले निर्णय गर्छ ।’ बैठकले अन्य दलहरुसँग छलफल र समन्वयन गर्ने जिम्मेवारी पार्टीसभापति देउवालाई दिएको छ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई विश्वासको मत दिएर प्रतिपक्षीमा बस्ने निर्णय गरेपछि चौतर्फी आलोचना सुरु भएको छ। आलोचनाकै बीच देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन्। सभामुखको निर्वाचन माघ ५ गते हुँदैछ।
अन्नपुर्ण






