नमुना खानेपानी तथा सरसफाई उपभोक्ता समिति गुर्भाकोट १३ को अध्यक्षमा हस्तबहादुर सुनार

दिलिप ढकाल

सुर्खेत,२७ पाैष ।

गुर्भाकोट नगरपालिका वडा नम्बर १३ को नमुना खानेपानि तथा सरसफाई उपभोक्ता कार्यसमितिको चुनाबि सभा सम्पन्न भएको छ। जसमा बाट हस्तबहादुर सुनारको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति गठन गरिएको छ। जसको उपाध्यक्षमा चित्रमाया थापा,सचिबमा लालपुरा शाही,सह सचिब जितेन्द्र पुन, कोषाध्याक्ष ओम बहादुर गुरुङ चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा हरिलाल खत्री,रुपमाया शार्की,बालबिर गुरुङ,जित बहादुर घर्ति,हेमेन्द्र प्रकाश गुरुङ र दिपेन्द्र घर्ति चयन भएको नमुना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय सचिव उविकला नेपालीले जानकारी दिइन ।

निर्बाचन मण्डलको संयोजक चित्र बहादुर ढकाल र सदस्यामा चन्द्र बहादुर घले तथा नरेन्द्र कुमार बिक रहेका थिए । निर्वाचित सबै पदाधिकारी हरुको कार्यकाल तिन बर्षको हुने छ। नवानिर्वाचित पदाधिकारी हरुले आगामी तिन बर्षमा नमुना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सेवा क्षेत्र भित्र रहेका हरेक घर धुरीमा पाईप जडान गरि पानि पुर्याउने याेजना रहेकाे बताएका छन ।

नमुना खानेपानी तथा सरसफाई उपभोक्ता समिति गुर्भाकोट १३ को अध्यक्षमा हस्तबहादुर सुनार

सिद्वार्थ बहुउदेश्यिय संहकारिकाे २१ औ वार्षिक साधारण

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!