३ जिल्ला अझैं विद्युत पहुँचभन्दा टाढै

सुर्खेत,२० फागुन  ।

विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका ३ जिल्लामा हालसम्म पनि विद्युतको राष्ट्रिय प्रसारण लाइनले छुन सकेको छैन् । कर्णालीका मुगु, हुम्ला र डोल्पालाई राष्ट्रिय प्रसारण लाइनले नछोएको हो ।

विद्युत् उत्पादनका स्रोत पर्याप्त हुँदा पनि अँध्यारोमा रात कटाई रहेका माथिल्लो कर्णालीवासीका बालबालिका, महिला, ज्येष्ठ नागरिकका पीडाले केन्द्र सरकारलाई छुन नसकेको  नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले बताए ।

आगामी २ वर्षमा देशका सबै घरधुरीमा बिजुली पुर्याउने सरकारको लक्ष्य छ । अहिले वैकल्पिक ऊर्जासहित ९४ प्रतिशत जनसंख्या बिजुलीको पहुँचमा छन् । २०७८ सालको जनगणनाअनुसार ६६ हजार ६ सय ५८ जनसंख्या रहेको मुगुमा अहिलेसम्म करिब ६१ प्रतिशत अर्थात् ४० हजार मुगुका नागरिक विद्युतको पहुँचभन्दा बाहिर रहेको पाइएको हो ।

मुगुमा ४० हजार ३०० अर्थात् ६१ नागरिक अहिले पनि टुकीकै भरमा रात कटाउन बाध्य रहेको तथ्याङ्कले देखाएको छ । जसमा मुगुमा २६ हजार ३०० जना अर्थात् ३९ प्रतिशत नागरिक विद्युतको पहुँचमा रहेको बताइएको छ । विद्युत् उत्पादनको क्षमता र सम्भावना रहेको मुगुमा पर्याप्त लगानी नहुँदा नागरिक बत्तीबिना अँध्यारोमा बस्न बाध्य भएको यहाँका नागरिकहरुले बताएका छन् ।

मुगुका चारवटा स्थानीय तहका ४५ वडामध्ये करिब ९ वटा वडामा मात्र विद्युतको पहुँच पुगेको पाइन्छ । विशेष गरेर छायाँनाथ रारा नगरपालिकाका करिब २६ हजार जनसंख्या रहेको नगरपालिकामा १४ वटा वडा मध्ये वडा नं १०, ११, १२, र १४ वडामा हालसम्म विद्युतको पहुँचमा रहेका छैनन ।

बाँकी १० वटा वडा र करिब १९ हजार जनसंख्या विद्युतको पहँुचमा रहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए । यस्तै ९ वडा रहेको मुगूम कार्मारोङ्ग गाउँपालिकाको वडा नं ७ र ८ मा विद्युत् पुगेको छैन भने १ नं वडामा आधा मात्र विद्युतको पहुँचमा रहेको छ ।

उक्त पालिकामा जम्मा ७ हजार जनसंख्या रहेकामा ५ हजार नागरिक विद्युतको पहुँचमा रहेको मुगूम कार्मारोङ्ग गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । यस्तै सोरु गाउँपालिकामा ११ वडा रहेको उक्त पालिकामा नेर गाउँमा मात्र विद्युत् रहेको छ भने जम्मा ३०० जना नागरिक मात्र विद्युतको पहुँचमा रहेको जनाइएको छ ।

खत्याड गाउँपालिकामा २६ हजार जनसंख्या रहेको र ११ वटा वडा रहेको सो पालिकामा रिखिँया र सेरीमा मात्र विद्युतको पहुँचमा छन् भने २३ हजार जनसंख्या अझै विद्युतको पहुँचभन्दा बाहिर रहेको खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले जानकारी दिए ।

३ जिल्ला अझैं विद्युत पहुँचभन्दा टाढै

७८ क्विन्टल फोहोर काठमाडौँ पठाइयो

२ सय कुकुरको बन्ध्याकरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!