कविता: चाहना

सन्जु सुवेदी

सुर्खेत,१७ पाैष ।

आहा मिलेछ हिसाब
किताब अब चाबी
सच्चालाई सुम्पिदेऊ
यस्तो सपूत चाहियो
नेपाललाई साँच्चै नेपाल
जस्तै बनाइदेऊ
बन्ने चाहना छैन मलाई
सिङ्गापुर झुट्ता स्वप्ना व्यर्थै
नदेखाऊ
भो बन्नू छैन युरोप
अमेरिका पनि मेरै स्वभिमान
जोगाइदेऊ
मिल्नु नै रहेछ आखिर
अन्त्यमा सबै छोडी घर कतै
नगैदेऊ
कस्को पोस्टमा कुन बल
कसरी कता पा¥यो विन्ति
बुझ्ने बनाइदेऊ
आफ्नै घर आँगनी पाखा
पखेरामा रमेर उफ्री नाँच्दै
खेल्न देऊ
हरिया यी डाँडा पाखा
हिमाल सँगसँगै हाँस्दै बाँच्ने
बनाइदेऊ
जेजस्तो मिल्छ खोले फाँडो
पेटभरि पस्केर टन्न खान
देऊ
फुलाउदै बनमा रङ्गीचङ्गी
लालिगुराँस चौँरीकै दूध
पिलाइदेऊ
वीर हु गोर्खाको भनी
विश्वभरी नै छाती फुलाइ
हिँड्न देऊ
पुग्छौ जहाँ जहाँ झण्डा
नेपालकै फहराउने सान
बनाइदेऊ
ओल्लो पल्लो घर
मिलिजुली हराभरा गाउँ
बस्ती बनाउन देऊ
आफै मिल्छ समृद्ध नेपाल
पनि भेडाकै भोटा सिउन
सिकाइदेऊ
निदाउछु काखमै आनन्दले
अब म स्वप्ना मीठो आउन
देऊ
छाप्रो चुटुक्क हाली घाम
पानीमा मुन्टो लुकाइ बस्न
देऊ ।

कविता: चाहना

लघुकथा : बार्दली

कविता: चाहना

गजल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!