गजल

खिम केसी

सुर्खेत,१७ पाैष ।

बम गोला बारुद काँडेतार
खोज्दैछ
को हो त्यो फेरि काटमार
खोज्दैछ
भन्थ्यो विकास गाउँको
हुनुपर्छ पहिले
अहिले व्यापार गर्न
बजार खोज्दैछ
दुःखमा अनुहारसम्म
देखाएन प्रेमीले
अचानक आज पुरानो प्यार
खोज्दैछ
जुन शहरमा तिमी हिरामोती
खोज्छौ
त्यही शहरमा उसले आहार
खोज्दैछ
सुनुवाइ होस् उसको पनि
छिट्टै सरकार
वर्षौंदेखि कोही बेपत्ता
परिवार खोज्दैछ ।

गजल

कविता: चाहना

गजल

YUGAAWHAN NATIONAL DAILY (2079-09-14)

Leave a comment

Your email address will not be published. Required fields are marked *