चुली युवा क्लबकाे चौथो साधारणसभा सम्पन्न

सुर्खेत १४ साउन ।
चुली युवा क्लबकाे चौथो साधारणसभा चिङ्गाड गाउपालिका वडा न. ३ का अध्यक्ष वीर बहादुर जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
चौथो साधारण सभाबाट निर्विरोध निर्वाचित अध्यक्षमा मोतिराम नेपाली (रम्तेल),उपाध्यक्ष खगेन्द्र जिसी र कृष्ण जिसी (कपिल) , महासचिव , प्रदिप जङ्ग राना , सचिव प्रमोद जिसी , र निर्मला आचार्य कोषाध्यक्ष सीता जिसी लगाएत १७ सदस्यकाे नयाँ कार्यसमिति चयन भएकाे हाे ।

क्लबलाई महत्त्वपूर्ण सहयोग गर्ने क्लबका पदाधिकारी सदस्यहरु, सल्लाहकार समितीका संयोजक सदस्य , स्थानीय सरकार, जिल्ला खेलकुद बिकास समिती, प्रदेश खेलकुद परिषद, खेलकुद अन्तरगतका सम्पुर्ण संघहरु, निरन्तर आर्थिक, नैतिक, भौतिक, मानसिक सहयोग समर्थन गर्ने सहयोगी दाताहरु, नेपालभित्र या बाहिर रहनुहुने सम्पुर्ण खेलाडी मित्रहरु, पत्रकार, कलाकार, शिक्षा स्वास्थ्य पर्यटन सुरक्षासम्बन्धी काम गर्ने सम्पुर्ण निकायहरू निवर्तमान अध्यक्ष महेश जि सीले धन्यवाद दिएका छन् ।

आउदा दिनहरुमा अरुकाे साथ सहयोग समर्थन निरन्तर रहने कुराको बिश्वास व्यक्त गर्दै आफू पनि क्लबलाई निरन्तर सहयोग साथ दिने प्रतिबद्धता समेत जि सीले व्यक्त गरेका छन् ।








