हेफर इन्टरनेशनल को सहयोगमा भेरिगंगा ८ र ९ का किसान लाई कृषि सामाग्री वितरण

दिलिप ढकाल
सुर्खेत १४ साउन ।
कुषि क्षेत्रमा पहँच बढाउन र कुषकहरुलाई कृषि कार्य गर्न सहज बनाउनको लागि भेरिगंगा ८ र ९ का किसान लाई कृषि सामाग्री वितरण वितरण गरिएको छ। हेफर इन्टरनेशनल नेपालले किसानको लागि कृषि सामाग्री उपलब्ध गराए पछि भेरिगंगा वडा नम्बर ९ मा संचालित सफल सामाजिक उद्यमि महिला सहकारी सस्थाले किसान हरु लाई कृषि सामाग्री वितरण गरेको हो।

भेरिगंगा ८ र ९ का किसान लाई कृषि सामाग्री अन्तरगत पावर टिलर र मिनी टिलर वितरण गरिएको हो। ५ वटा पावर टिलरलाइ ५०% अनुदानमा ८५,००० र १० ओटा मिनी टिलर लाई पनि ५०% अनुदानमा २५,००० मा किसान लाई वितरण गरिएको हो।

साथै ५० वटा च्याप कटर (घास काट्ने बिधुतिय मेसिन ) ३०% अनुदानमा १ वर्ष भित्र तिर्ने गरि ५% ब्याजमा किसानलाई वितरण गरिएको सफल सामाजिक उद्यमि महिला सहकारी सस्था कि ब्यबस्थापक सिता महरले जानकारी दिए । कृषि सामाग्री वितरण कार्यक्रममा भेरिगंगा नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, उपमेयर धनसरा बोहोरा,उद्योग बिकाश शाखा प्रमुख पिताम्बर पौडेल,लगाएत् सहकारी संचालक का सम्पूर्ण सदस्यहरु को उपस्थिति रहेको थियो।

भेरिगंगा नगरपालिका नगर प्रमुख यज्ञप्रसाद ढकाल ले वडा नम्बर ९ कि चन्द्रा कुमारी बोहोरा लाई पावर टिलर दिएर कृषि सामाग्री हस्तान्तर्को को सुरुवाती गर्नु भएको थियो।






