राष्ट्रपति शैक्षिक सुधार अनुदान पाउने विद्यालयहरुको नामावली

सुर्खेत, १३ असोज ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट अनुदान देशभरीका ३ हजार ४ सय ७५ वटा विद्यालयले प्राप्त गरेका छन् । शैक्षिक भवन निर्माण, कम्प्युटर ल्याप निर्माण, पुस्तकालय निर्माण, फर्निचर खरिद, विद्यालय घेराबार, खानेपानी, शौचालय निर्माणका लागि विद्यालयहरुलाई अनुदान दिने गरिन्छ । अार्थिक बर्ष २०७९/०८० का देशैभरीबाट विधालय छनाै‌ट गरी विधालयले पाउने बजेट समेत सार्वजनिक गरिएकाे छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कर्णाली प्रदेशबाट चार सय ४७ विद्यालय छनौट भएका छन् । नयाँ भवन निर्माण तथा आईसिटी कार्यक्रम अन्र्तगत यी विद्यालयहरु छनौट भएका हुन् । जिल्लागत रुपमा हेर्दा अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला रुकुम पश्चिमका सबैभन्दा धेरै विद्यालय छनौटमा परेका छन् ।

रुकुमम पश्चिमका ९२ विद्यालय, दैलेखका ५०, जाजरकोटका ४८, सल्यानका ४७ र कालिकोटका ४१ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनौट भएका हुन् । त्यसैगरी सुर्खेत र जुम्लाका ४०–४० वटा, हुम्लाका ३९ वटा डोल्पाका ३१ वटा र मुगुका १९ वटा विद्यालय छनौटमा परेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

छनाैट भएका विधालयकाे विवरण

राष्ट्रपति शैक्षिक सुधार अनुदान पाउने विद्यालयहरुको नामावली

कर्णालीको हवाई उडानमा ईन्धन सहुलियत कार्यान्वयनमा ढिलाई

राष्ट्रपति शैक्षिक सुधार अनुदान पाउने विद्यालयहरुको नामावली

रेविज राेगवारे सिम्तामा विद्यालय स्तरीय सचेतना कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!