प्रेम परियार बचाऔ अभियानमा सहयोग गर्न सि डि सि नेपाल सुर्खेतको अनुरोध

दिलिप ढकाल
सुर्खेत , १३ साउन ।
भेरीगंगा ४ निवासी प्रेम परिवार बचाउ अभियान मा सहयोग गर्न सि डि सि नेपाल सबैमा अनुरोध गरेको छ । गरीबीका कारण आर्थिक अबस्था कमजोर भएकाले परिवार जनले क्यान्सर रोग पीडित प्रेम परिवार लाई सहयोगको लागि सबैमा अनुरोध गरेक छन्।

दुई बर्ष देखि क्यान्सर रोगसँग लडिरहेका सुर्खेतको भेरिगंगा नगरपालिका वडा नम्बर ४ बाउनचौरका २८ बर्षिय क्यान्सर पीडित प्रेम परियार आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेकाले परियार बचाउने अभियानमा सि डि सी नेपालले सहयोगको अपेक्षा गरेको छ। करिब ४ बर्ष देखि पेटको क्यान्सर भएको र घरको आर्थिक अबस्था कमजोर भएको हुनाले आफन्तजन तथा देश विदेशमा रहनुहुने सम्पूर्ण माझ सहयोगको अपिल गरिएको सिडिसी नेपालका अध्यक्ष मान बहादुर बस्याल ले जानकारी दिए ।
प्रेमको उपचारको लागि चल अचल सम्पत्ति सबै सकियर ऋण समेत लागेर तिर्न नसकेको उहाको साथी मिलन खड्काले बताए ।पीडित परिवारमा उनका पाँच बर्षिय छोरा छ्न भने श्रीमतीले उनलाई छोडेर माइती घर गएको करिब चार महिना भएको उनको भाइ शेरबहादुर दमाईले बताए ।
उनको उपचारको लागि धेरै खर्च भएको तथा अहिले आर्थिक अभाव भएको कारण उनको उपचारमा थप समस्या भएकोले प्रेमको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिनु हुन उनका भाई शेर बहादुर दमाई सहित नेपाल सुर्खेत परिवारले सबै–सबै मनकारी दाताहरुमा हार्दिक अनुरोध गरेको छ।

सहयोग गर्न चाहाने दाताहरुले शेर बहादुर दमाइको मोबाइल नम्बर ९८४२३-२६४३३ मा सम्पर्क गरी तथा सिभिल बैकको खाता नम्बर 08910587454012 मा अथवा CDC नेपाल अध्यक्ष मानबहादुर बस्यालको सम्पर्क न 98481-34859 वा 98005-26964 मा सम्पर्क गरी ( NCC Bank को खाता नम्बर ( 0540000113110 ) मा सहयोग रकम जम्मा गरेर क्यान्सर पीडित प्रेम परिवार लाई सहयोग गर्न हुन अनुरोध छ।






