अवैध छालाको मुद्रा कारोबारमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ

सुर्खेत १२ साउन ।

भेरीगंगा नगरपालिका–१२, छिन्चुबाट अवैध छालाको मुद्रा कारोबारमा संलग्न भएको आरोपमा सुर्खेत प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । छिन्चुको एक नास्ता पसलमा अवैध मुद्रा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिम्ता गाउँपालिका–३, आग्रिगाउँका २३ वर्षीय समर बिक, दैलेख भगवतीमाई गाउँपालिका–४, का १९ वर्षीय मदन बिक, जाजरकोट छेडागाड नगरपालिका–५ का २४ वर्षीय निमबहादुर बिक, सोही ठाउँका ३३ वर्षीय रत्नबहादुर नेपाली र कुशे गाउँपालिका–५, खुर्पाका ३२ वर्षीय शान्तबहादुर बादी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गोप्य सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट छालाको मुद्राजस्तो देखिने ११११ लेखिएको विभिन्न बुट्टा भरेको त्रिभुजाकार वस्तु बरामद भएको छ ।

बुट्टा बनाउन प्रयोग गरिने अन्य दुई थान छालाजस्तो त्रिभुजाकार वस्तु, विभिन्न आकारका वस्तु तथा पत्थरहरू, बारुदजस्तो देखिने सानो डिब्बा तथा सानो विद्युतीय वस्तुहरू दुई–दुई थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए । बरामद भएको मुद्रा सक्कली हो या नक्कली पत्ता लगाउन केन्द्रीय प्रयोगशालामा पठाएपछि मात्रै थाहा हुने डीएसपी कार्कीको भनाइ छ ।

अवैध छालाको मुद्रा कारोबारमा संलग्न भएको आरोपमा  पाँच जनालाई पक्राउ

वडा अध्यक्षको गुनासो : सामाजिक संजाल बाट

अवैध छालाको मुद्रा कारोबारमा संलग्न भएको आरोपमा  पाँच जनालाई पक्राउ

पछिल्लो २४ घन्टामा देशभर थप ७१० जनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!