कर्णाली प्रदेशसभाको दोश्रो कार्यकाल : युवापुस्ता र नयाँ अनुहारको वर्चश्व

पुनम वि.सी.
सुर्खेत, १० मंसिर ।

कर्णाली प्रदेशको दोश्रो कार्यकालका लागि बहुसंख्यक सदस्य युवा र नयाँ देखिएका छन् । प्रत्यक्षतर्फको निर्वाचन प्रणालीबाट २४ जना बिल्कुलै नयाँ अनुहार चुनिएर आएका हुन् । कर्णाली प्रदेशसभाका प्रत्यक्षतर्फको २४ सिटमा जम्मा ४ जना सदस्यमात्रै दोहोरिएका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री वीरबहादुर शाही डोल्पा (क) बाट, माओवादीका विन्दमान विष्ट सुर्खेत २ (ख) बाट र एमालेका यामलाल कँडेल सुर्खेत २ (क) बाट दोहोरिएका हुन्। साविक प्रदेश सरकार र सभामा सदस्य रहँदै अहिलेपनि चुनावी प्रतिष्पर्धामा रहेका कुर्मबहादुर शाही, ठम्मर विष्ट, पदमबहादुर रोकाय, धर्मराज रेग्मी, गुलाबजंग शाह भने पराजित भएका छन् ।

यसपाली पहिलो पटक प्रदेशसभामा भित्रनेमध्ये अधिकांशजसो गठवन्धनमा रहेका दल कांग्रेस, एमाले र समाजवादीबाट रहेका छन । २० नयाँ अनुहारमध्ये सुर्खेत १ (क) बाट कांग्रेसका खड्ग पोखरेल, (ख) का कृष्ण जिसी, दैलेख २ (क) बाट घनश्याम भण्डारी, र (ख) बाट एमालेका विनोदकुमार शाह रहेका छन् ।

यस्तै, दैलेख १ (क) बाट कांग्रेसकै पूर्णबहादुर खत्री र (ख) बाट कृष्णबहादुरी वीसी, सल्यान (क) बाट माओवादीका भीमप्रकाश शर्मा, (ख) बाट कांग्रेसका सुरेश अधिकारी प्रदेशसभामा भित्रिएका छन् । रुकुम पश्चिमका दुवै क्षेत्रबाट माओवादीका महेन्द्र केसी र राजकुमार शर्मा प्रदेश राजधानी सुर्खेत आउने तयारीमा रहँदा जाजरकोट प्रदेशसभा (क) बाट कांग्रेसका बेदराज सिंह र (ख) बाट कांग्रेसका राजीवविक्रम शाह आउनेछन् ।

कालीकोट प्रदेशसभा (क) बाट माओवादीका दुर्गबहादुर रावतले एमालेका निवर्तमान सांसद एवं पूर्व विवादित मन्त्री कुर्मराज शाहीलाई पन्छाउँदै प्रदेशसभाको यात्रा तय गरेका छन । कालीकोट प्रदेशसभा (ख) बाट कांग्रेसका हिक्मतबहादुर विष्ट र डोल्पा प्रदेशसभा (क) बाट एमालेका शेरबहादुर बुढा विजयी हुँदै पहिलो पटक प्रदेश सदस्यको यात्रामा छन् ।

यसैगरी हुम्ला प्रदेशसभा (क) बाट माओवादीका रनसिंह परियार, मुगु (क) बाट एमालेका जितबहादुर मल्ल, (ख) मा माओवादीका मंगलबहादुर शाही अब प्रदेशसभामा हुनेछन् । पार्टीका प्रदेश कार्य समितिका सभापति समेत रहेका गठवन्धनका कांग्रेस उम्मेदवार ललितजंग शाहीविरुद्ध स्वतन्त्र लडेरपनि चुनाव जितेका देवेन्द्रबहादुर शाही विशेष चर्चासहित प्रदेशसभामा देखिनेछन् ।

गठवन्धनका साझा उम्मेदवार एवं कर्णाली प्रदेश सरकारका वहालवाला मन्त्री पदमबहादुर रोकायालाई पराजित गर्दै चर्चा बटुलेका अर्का युवा एमालेका टेकराज पछाई जुम्ला (ख) बाट निर्वाचिई भए संसदीय भूमिकामा देखिनेछन् । कर्णालीमा मतगणना कार्य लगभग सकिएको छ । प्रदेश सभा तर्फ मुगुको दुई वटा निर्वाचन क्षेत्र र हुम्लाको एउटा (ख) निर्वाचन क्षेत्र वाहेक प्रदेश सभाका लागि कर्णालीमा २१ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ ।

कर्णाली प्रदेश सभामा ४० जना सांसद रहने व्यवस्था छ । पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीबाट २४ जना र समानुपातिक निर्वाचन प्रणालीबाट १६ जना गरी जम्मा ४० सांसद प्रदेश सभा पुग्छन् । प्रत्यक्षमा जितेका एमालेका ‘पाण्डव’ साविकको प्रदेशसभामा १३ जना सदस्यसहित पहिलो दल बनेको नेकपा एमालेले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आउने बेलासम्म जम्मा पाँच पाण्डवका रुपमा ५ सदस्य सिट जितेको छ ।

पाँच दलीय गठवन्धनविरुद्धको चुनावी मोर्चामा बाजीमारेका पाँचमध्ये चार जना भने पूर्णरुपले नयाँ हुन । एमालेका कर्णाली प्रदेश इञ्चार्ज समेत रहेका यामलालल कंडेलले सुर्खेत क्षेत्र नं. २ (क) बाट गठवन्धनका साझा उम्मेदवार कालीप्रसाद शाक्यलाई १ सय ८१ मतले हराउँदै प्रदेशसभामा दोश्रो कार्यकाल शुरुवात गर्ने भएका छन् ।

यसैगरी दैलेख निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट एमालेका विनोदकुमार शाह विजयी भएका छन्। उनले वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार योगेन्द्र शाहीलाई ८४ मतले हराउँदै प्रदेशसभा सिट सुनिश्चित गरे ।

गठबन्धनबाट उम्मेदवार कांग्रेसका दीपेन्द्रबहादुर शाहीलाई डोल्पा प्रदेशसभा (१) बाट २२ सयभन्दा बढि मतान्तरले हराउँदै एमालेका शेरबहादुर बुढा प्रदेशसभा सदस्यमा इन्ट्री गरेका छन् । यस्तै, मुगुको प्रदेशसभा (१) मा समाजवादीबाट गठन्धनका उम्मेदवार गोपालबहादुर बमलाई १ हजार ७३ मतको अन्तरले पछाडि पार्दै एमालेका जीतबहादुर मल्ल विजयी भए

एमाले पहिलो पटक ‘शून्य’

माओवादीसंगको गठवन्धनका कारण पाँच वर्षअघिको चुनावमा कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कांग्रेसको संख्या शून्य बनाउन सफल भएको एमाले अहिले आपूmपनि त्यहि अवस्थामा पुगेको छ । २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेशका १० जिल्लाका १२ प्रतिनिधिसभाका ६ क्षेत्रमा जितेर ठूलो दल बनेको एमाले प्रतिनिधिसभामा कर्णालीबाट पहिलो प्रतिनिधिविहीन बनेको हो ।

प्रतिनिधिसभातर्फ १० जिल्लामा १२ निर्वाचन क्षेत्र रहेको कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा एमाले शून्य हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले भने बहुदलपछि पहिलोपल्ट खाता खोलेको छ । जुम्लाबाट यसपाली राप्रपाका ज्ञानेन्द्र बहादुर शाही निर्वाचित भैसकेका छन् ।

प्रतिनिधिसभातर्फ सुर्खेतका दुबै निर्वाचन क्षेत्रमा कांग्रेसका पूर्णबहादुर खड्का र हृदयराम थानी निर्वाचित छन् भने रुकुम पश्चिमबाट वहालवाला अर्थमन्त्री माओवादीका जनार्दन शर्मा प्रभाकर निर्वाचित भैसकेका छन् ।

गठवन्धनमा रहेका दलहरुमध्ये दैलेख १ बाट समाजवादीका अम्मरबहादुर थापा र २ बाट कांग्रेसका दिक्पाल शाही, मुगुबाट कांग्रेसका ऐनबहादुर शाही, सल्यानबाट नेकपा समाजवादीका प्रकाश ज्वाला, डोल्पाबाट धनबहादुर बुढाले प्रतिनिधिसभामा जाने पक्कापक्की गरेका छन् । माओवादी ब ाट  जाजरकोटमा शक्ति बस्नेत, कालिकोटका महेन्द्रबहादुर शाही र हुम्लाबाट छिरिङ डम्डुल लामा फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

मुगुमा समानुपातिकतर्फ एमाले पहिलो

कर्णाली प्रदेशसभाको दोश्रो कार्यकाल :  युवापुस्ता र नयाँ अनुहारको वर्चश्व

घुम्दैफिर्दै, रामे र रोशन : रामारोशन

Leave a comment

Your email address will not be published. Required fields are marked *