भेरिगंगा १ मा गर्भवती आमाहरुलाई कोसेली वितरण

दिलिप ढकाल

सुर्खेत,१० पाैष ।

भेरिगंगा नगरपालिका नगरपालिका वडा नम्बर १ मा गर्भवती तथा तिन महिना सम्मको बच्चाको आमालाई कोसेली वितरण गरिएको छ। वडा नम्बर १ को वडा कार्यालय टाकुरिमा एक कार्यक्रमका बीच ५० जना गर्भवती तथा तिन महिने बच्चाको आमालाई कोसेली वितरण गरिएको भेरिगंगा नगरपालिका वडा नम्बर १ का सचिब प्रताप अधिकारीले जानकरी दिए ।

गर्भवती तथा आमाको बच्चा लाई हरेक १ जना लाई १ क्यारेट अण्डा,१ के.जी चना,१ के.जी स्याउ,१ लिटर तेल ,१ पोका आयोडिन नुन वितरण गरिएको थियो। वडामा कार्यरत स्वयमसेविका हरुले बाट वडा भित्र भएका गर्भवती तथा तिन महिना सम्मको बच्चाको आमाको नाम उपलब्ध गराएपछि सोहीको आधारमा कोसेली वितरण गरिएको थियो।

वडामै पोषण कोसेली प्राप्त गरेका महिला हरुले वडा कार्यालय सचिब वडा अध्यक्ष ,तथा स्वयमसेविका लाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि गर्भवती आमाहरु नियमित रुममा यसरि नै कोसेली वितरण गर्न आग्रह गरेका थिय। भेरिगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिनेश पुलामिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

भेरिगंगा १ मा गर्भवती आमाहरुलाई कोसेली वितरण

YUGAAWHAN NATIONAL DAILY (2079-09-11)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!