आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेमा संचालित शिविर बाट २२० जनाले सेवा लिए

दिलिप ढकाल
मंसिर, १० सुर्खेत ।
सल्यानको कालिमाटी गाउपालिका वडा नम्बर ४ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेमा नसर्ने रोग सम्बन्धि स्क्रिनिङ्ग क्याम्प,जनस्वास्थ्य प्रबर्दन र परिवार नियोजन सम्बन्धि स्याटेलाईट क्याम्प सम्बन्धि शिविर सम्पन्न भएको छ। उक्त शिविर बाट २२० जनाले सेवा लिएका थिएका थिए ,जसमा परिवार नियोजन को अस्थाई साधन ईम्प्लान्ट (implant) १४ जना महिला ले लिएका थिए भने भने २०६ जनाले ओ. पी.डी (O p d) सेवा लिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेका प्रमुख प्रेम सुनारले जानकारी दिनु भयो। स्वास्थ्य सेवा कार्यालयका प्रमुख दशरथ कुमार श्रेष्ठ , कालिमाटी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोरख बहादुर थापा र स्वास्थ्य सेवा कार्यालय सल्यान का चिकित्सक हरु द्वारा सेवा लिन आएका बिरामीको चेक जाच गरिएको थियो।
आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेका ब्यबस्थापन समितिको अध्यक्ष तथा कालिमाटी गाउपलिका वडा नम्बर ४ का अध्यक्ष बेल बहादुर चन्दले उक्त शिविर को उद्घाटन गर्नु भएको थियो। शिविर को अध्यक्षता आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेका ब्यबस्थापन समितिको अध्यक्ष बेला बहादुर चन्दले गर्नु भएको थियो भने स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुखदशरथ कुमार श्रेष्ठ प्रमुख आतिथ्यता रहेको थियो। यस्तै कार्यक्रममा अतिथि को रुपमा कालिमाटी गाउ पालिका स्वास्थ्य शाखा प्रमुख गोरख बहादुर थापाको उपस्थिति रहेको थियो। प्रदेश सरकार सामाजिक बिकाश मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालय स्वास्थ्य सेवा कार्यालय कर्णाली प्रदेश सल्यान को आयोजनामा उक्त शिविर संचालन भएको थियो।





