करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

दाङ,१० मंसिर ।

दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा ५० वर्षीय सुरेश डाँगीको दिउँसो साढे २ बजेतिर करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार डाँगीको घर कैलालीको भजनी हो। उनी विगत १० वर्षदेखि दाङमा परिवारसहित बस्दै आएका थिए । स्थानीय तेन्डु चौधरीको उनीहरूले तार लगेर मल्वारे कुलोमा माछा मार्दै थिए। त्यही क्रममा करेन्ट लागेर सुरेशको मृत्यु भएको डिएसपी मल्लले बताए।

अहिले घटनास्थल तर्फ प्रहरी पठाइएको र शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइने तयारी गरिएको डिएसपी मल्लले जाकारी दिए ।

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

भासिएको पुल मर्मत भएन

करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेमा संचालित शिविर

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!