त्रिवेणी–लुहाम–काभ्रा–रामपुर प्रदेश राजधानी जोडने सडक पूर्वमन्त्री ज्वालाद्वारा उद्घाटन

दुर्गा विसी
सल्लीबजार, १४ फागुन ।
सल्यान जिल्लाको पूर्बाधार बिकासको मुख्य मेरुदण्डका रूपमा रहेको सल्यानलाई प्रदेश राजधानी सुर्खेतसंग जोड्ने त्रिवेणी–लुहाम–काभ्रा–रामपुर सडकको शुक्रबार एक समारोहवीच समुद्घाटन गरिएको छ । कर्णाली प्रदेशका पूर्व अर्थमन्त्री प्रकाश ज्वालाले उक्त सडक उद्घाटन गरेका हुन ।

कर्णाली प्रदेश सरकारबाट बिनियोजित १० करोड बजेटबाट ८ किमि सडक पक्की नालासहित ग्याभेलिङको काम सम्पन्न भएको छ । यो प्रदेश सरकारको उदाहरणीय काम हो । सडक निर्माण कार्यको खड्का–कृष्ण–नारायण जेभिका प्रोपाइटर जिमजियाङ राईले समयमै काम सम्पन्न गरेका छन् ।

साथै पूर्बाधार विकास कार्यालय सल्यानका कार्यालय प्रमुख ईन्जिनियर बिनोद पुनले यो सडक निर्माण कार्यले त्यहाँका स्थानीयलाई निकै राहत हुने जनाए । प्रदेश राजधानी सुखेृत आवतजावतमा त्यहाँका नागरिकलाई सजिलो हुने समेत बताएको छ ।

यससँगै सडकको बाँकी खण्ड ट्याक खोल्न र लुहाम काभ्रा–रामबजार सडक खण्ड स्तरोन्नतिका लागि प्रदेश सरकारबाट बिनियोजित १६ करोड बजेटको समेत टेण्डर भैसकेको पूर्वमन्त्री ज्वालाको भनाई रहेको थियोे । ज्वाला अर्थमन्त्री उक्त आयोजना क्रमागत श्रेणीमा सो सडक परेको थियोे ।

यो सडक आगामी आर्थिक बर्षको लागि संघीय समपूरकमा सिफारिस समेत भएको ज्वालाको भनाइ रहेको थियोे । साथै सोही क्षेत्रको त्रिवेणी–१ काभ्रा रामबजार, त्रिवेणी–२ कारागिठि शंखपिपल जोड्ने शारदा नदीको मोटरेबल पूल प्रदेश सरकारको करीब ८ करोडको लगानीमा निर्माण हँुदैछ ।

त्रिवेणी–लुहाम–काभ्रा–रामपुर प्रदेश राजधानी जोडने सडक पूर्वमन्त्री ज्वालाद्वारा उद्घाटन

एमसिसी नेपालको जडिबुटी र युरेनियम कब्जा गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *