एमसीसी विरुद्ध कुमाख नेटा बजारमा प्रदर्शन

बसन्त कुमार शर्मा
सल्यान, १४ फागुन ।
एमसीसी विरुद्धमा सल्यानको कुमाख गाउँपालिका वडा नं. २ को नेटा बजारमा प्रदर्शन गरिएको छ । नेकपा माओवादी केन्द्रले पार्टीको निर्देशनलाई ऐक्यवद्धता जनाउँदै मशाल जुलुस प्रदर्शन गरेको हो ।

बजार क्षेत्रमा परिक्रमा साथै नारा जुलुसमा “देश बेच्न पाईदैन राष्ट्रघाती एमसिसि चाहिँदैन जस्ता नारा लगाएका थिए । नेकपा माओवादी केन्द्र वडा नं. २ का अध्यक्ष पहलमान रेग्मीले राष्ट्रघाती एमसीसी बिकासको नाममा बिनास बनाउने साथै यहि परिस्थितिमा पास गरे आउँदो भाबी सन्तानले हामीलाई धिकार्ने बताए ।

त्यस्तै कोणसभा कार्यक्रम बोल्दै वाईसीएल नेपाल कुमाख गाउँपालिका अध्यक्ष लोकेन्द्र बुढाथोकीले आर्थिक सहयोगको नाममा नेपाललाई लडाइँको केन्द्र बिन्दु बनाउने रणनीतिमा लागेको बताए ।

त्यस्तै वाईसिल नेपाल कर्णाली प्रदेश सदस्य प्रेम भाटले एमसिसि जस्तो राष्ट्रघाती आर्थिक प्रलोभन परेर संशोधन बिना पारित गर्न दिनु हँुदैन भने । त्यसैगरी आफ्नो आधि जीवनकाल सशस्त्र द्वन्दमा बिताएका घाइते अपांग कर्णाली प्रदेशका सदस्य गगने रानाले हामी सोझा नेपाली जनतालाई दूधमा बिष राखेर बिरालो मार्न खोजे जस्तै गर्न लागेको र अब फेरि द्वन्द्ध मच्चाउने खेल भएको बताए ।

एमसीसी विरुद्ध कुमाख नेटा बजारमा प्रदर्शन

‘कालापहाडको यात्रा रोक्न गाउँमै सहकारी स्थापना’

एमसीसी विरुद्ध कुमाख नेटा बजारमा प्रदर्शन

एमसिसी नेपालको जडिबुटी र युरेनियम कब्जा गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *