बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं,९ मंसिर ।

काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको आज बिहान मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

रिचार्लिसनको दुई गोलमा ब्राजिलले सर्वियालाई हरायो

Leave a comment

Your email address will not be published. Required fields are marked *