बडाखोलीमा दलित मानव अधिकारको अवस्था र समाधानका उपायहरु बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दिलिप ढकाल
सुर्खेत,९ असोज ।

समता फाउन्डेसन नेपालको आयोजनामा र दलित मानव अधिकार रक्षक नबिन परियार को नेतृत्वमा जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ बडाखोली मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। समुदायमा दलित मानव अधिकार को अवस्था र समाधानका उपायहरु भन्ने बिषयमा छलफल भएको दलित मानव अधिकार रक्षक नबिन परियार ले जानकारी दिए ।

दलित महिला वडा सदस्य गिता बि.क को अध्यक्षतामा सम्पन्न भएको सचेतनामुलक कार्यक्रममा उक्त कार्यक्रम मा ४० भन्दा बढि को उपस्थिति रहेको थियो।

छलफल कार्यक्रम मा जातिय तथा अन्य सामाजिक भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन,२०६८ को बारेमा समेत सामान्य जानकारी प्रर्दान गरिएको थियो। दलित मानव अधिकार रक्षक नवीन परियारले दलितको पहिचान ( दलित जात तथा यसभित्रका थरहरु) हाम्रो पहिचान हो भन्ने भाव पैदा गराउन र जात तथा थर ढाटेर बस्न नहुने र दलित सब्द साझा आन्दोलन हो भन्ने कुरामा उपस्थित सबैलाई आफुले उत्प्रेरित तथा जागृत गराएको बताएको छ ।

समता फाउन्डेसनले बिगत १३ बर्षदेखि दलित समुदायको हकहितका लागि काम गर्दै आएको र बिशेष गरि अहिले कर्णालीका दशै जिल्लामा ४० जना(प्रत्येक जिल्लामा ४ जना) मानव अधिकार रक्षकहरु राखेर जाति छुवाछूत बिरुद्ध र दलित मानव अधिकारको रक्षाको लागि काम गरिरहेको छ।

उक्त कार्यक्रममा स्थानिय दलित अगुवा नेता तथा गुर्भाकोट नगरपालिका वडा नम्बर ८ दिप टोलका अध्यक्ष प्रेम परियार र वडानम्बर ६ का दलित महिला वडा सदस्य गिता बि.क ले कार्यक्रमको अन्तमा आफ्नो बिचार राख्नुभएको थियो। अन्तिममा आफ्नो भनाई राख्दै दलित महिला वडा सदस्य गिता बि.क ले अझै यस्ता कार्यक्रम आगामि दिनहरुमा आफ्नो समुदायमा ल्याईदिन अनुरोध गर्दै यस्तो महत्त्वपूर्ण कार्यक्रम आफ्नो समुदायमा सञ्चालन गरिदिएकोमा दलित मानव अधिक रक्षक र समता फाउन्डेसनलाई लाई धन्यवाद समेत ज्ञापन गरेका थिए । कार्यक्रम बडाखोली स्वास्थ्य चौकी नजिकै संचालन भएको थियो।

बडाखोलीमा दलित मानव अधिकारको अवस्था र समाधानका उपायहरु बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

एभरेष्ट क्लव दैलेखको सामाजिक परीक्षण

बडाखोलीमा दलित मानव अधिकारको अवस्था र समाधानका उपायहरु बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सल्यान चौरजहारीमा ६ महिनादेखि  सडक अबरुद्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *