रौतहट १ मा एसका अध्यक्ष माधवकुमार नेपाल विजयी

काठमाडौं,८ मंसिर ।
रौतहट १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् ।
नेपालले ३३ हजार ५२२ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमालेका गुप्ताले २६ हजार ५२२ मत प्राप्त गरेका थिए ।





