बेल्जियमको सुखद सुरुवात

काठमाडौं, ८ मंसिर ।

बेल्जियमले कतारमा जारी विश्वकप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह एफ अन्तर्गत अहमद बिन अली रंगशालामा बुधबार राति भएको खेलमा बेल्जियमले क्यानडालाई १–० गोलले हरायो ।

बेल्जियमको जितमा मिसी बात्सुआईले निर्णायक गोल गरे । बात्सुआईले ४४औं मिनेटमा टोबी एल्डरवेरल्डको लामो पासमा प्राप्त बललाई नियन्त्रणमा लिँदै गोल गरेका हुन् ।

बल पोसेसनमा अब्बल देखिएको बेल्जियमले दोस्रो हाफमा थप गोल गर्न सकेन । यता क्यानडाले पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा हार खेप्यो । जितसँगै बेल्जियमले तीन अंक बनाएको छ ।

यस समूहमा क्रोएसिया र मोरक्कोले एक एक अंक बनाएका छन् । समूहको पहिलो खेलमा क्रोएसिया र मोरक्कोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

एजेन्सी

बेल्जियमको सुखद सुरुवात

महेश बस्नेतको आँगनमा दुर्लभ थापाको विजय र्याली

बेल्जियमको सुखद सुरुवात

रौतहट १ मा एसका अध्यक्ष माधवकुमार नेपाल

Leave a comment

Your email address will not be published. Required fields are marked *