सल्यानमा माओवादीलाई भोट हालेको भन्दै कुटपिट गर्ने दुई पक्राउ

सल्यान । स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई भोट हालेको भन्दै दार्मा गाउँपालिका–२ सिलिङ्गी निवासी युवा व्यवसायी तिलक ओलीलाई निर्घात रुपमा कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय २५ वर्षीय चोपलाल ओली र २१ वर्षीया सुरेन्द्र रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।

दुवैलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । कुटपिटमा संलग्न निश्चल ओली र चिनबहादुर रोकाय फरार रहेका उनले जानकारी गराए । यही वैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि चार युवाले ओलीलाई केही दिन कुटपिट गरेका थिए । उनका अनुसार दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ । उनीहरुलाई कुटपिटको आरोपमा सार्वजनिक मुद्दा लागेको छ । फरार रहेका दुई जनाको खोजी भइरहेको उनको भनाइ छ ।

सल्यानमा माओवादीलाई भोट हालेको भन्दै कुटपिट गर्ने दुई पक्राउ

आम आदमीका मुख्यमन्त्रीले घुस माग्ने आफ्ना मन्त्रीलाई

सल्यानमा माओवादीलाई भोट हालेको भन्दै कुटपिट गर्ने दुई पक्राउ

आगामी आर्थिक वर्ष नेपालले ‘क्रेडिट रेटिङ’ सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *