तिलागुफा सरकारकाे पहिलाे निर्णय : नगरबासीकाे स्वास्थ्य बिमामा ५० प्रतिशत छुट

कालिकाेट ।  जिल्लाकाे तिलागुफा नगरपालिकाले नगरबासीकाे स्वास्थ्य बिमा गर्दा ५० प्रतिशत छुट दिने निर्णय गरेकाे छ ।

नबनिर्बाचित तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले पदभार ग्रहण गर्दै आफ्नाे पहिलाे निर्णय नगरबासीकाे स्वास्थ्य बिमा गर्दा लाग्ने रकमकाे ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन् । यस्तै पदभार ग्रहण गरेकै दिनबाट नगरपालिका भित्रका गर्भवती तथा सुकेरी महिला र जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परीक्षणका साथै निशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन् । नगरभित्रका व्यवसायिक किसानहरुकाे पहिचान गरी व्यवसाय र उत्पादनका आधारमा अनुदान दिने निर्णय पनि गरेका छन् ।

नबनिर्बाचित प्रमुख शंकरप्रसाद उपाध्याय र उप-प्रमुख महेन्द्रबहादुर शाहीले तिलागुफाका हरेक बस्तिमा आगामी दुई बर्षभित्र राष्ट्रिय प्रशारण लाईन बिस्तार गरि उज्यालाे नगरपालिका बनाउने, २४ सै घण्टा गुणस्तरीय टेलिफाेन सेवा, उच्च शिक्षा पढ्नेलाई छात्रबृति लगायतका जनप्रिय प्रतिबद्वता गरेका छन् । नगर प्रमुख उपाध्यायले नगरसरकारले हरेक सेवाग्राहीकाे काम १० मिनेटमा गर्ने, जबाफदेहीता, पार्दशीताका साथै जन उत्तरदायी, प्रभावकारी सेवा प्रवाह गर्ने बताए ।

उनले भने, हामी जनताकाे जनमतकाे सम्मान हुने गरि नगरबासीकाे हितमा काम गर्छाैँ । नागरिकका आबश्यकता र चाहना अनुसार विकासले गति लिनेछ । गाउमा सिंहदरबार आएकाे महसुस गराउछाैँ । यस्तै नगर उप-प्रमुख शाहीले तिलागुफाकाे विकास र समृद्विकाे जनताकाे सपना पूरा गर्न सबैकाे साथ, सहयाेग लिएर पूरा गर्ने बताए ।

उनले भने, हामीले निरबाचनका समयमा जनतासँग गरेका बाचा पूरा गर्छाैँ । पाटीबाट निर्बाचित भएपनि सबै नागरिक, सबै बिचारकाे सम्मान हुने गरि काम गर्छाैँ । तिलागुफामा शिक्षा, स्वास्थ्य, पर्यटन, उद्यमशिलता, राेजगारी, स्थानिय उत्पादन र बजारीकरण लगायतका बिषयमा ठाेष कार्य याेजना बनाई काम गर्ने बताएका छन् ।

तिलागुफा सरकारकाे पहिलाे निर्णय : नगरबासीकाे स्वास्थ्य बिमामा ५० प्रतिशत छुट

कागजस्तो यो चरा जसले निर्णय गर्दा चर्को

तिलागुफा सरकारकाे पहिलाे निर्णय : नगरबासीकाे स्वास्थ्य बिमामा ५० प्रतिशत छुट

७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति

Leave a comment

Your email address will not be published. Required fields are marked *