नलगाडमा २५ बढी काँग्रेस प्रवेश

नलगाड, १२ फागुन ।
नेपाली काँग्रेस नलगाड नगर कमिटीको आयोजनामा विभिन्न वडाहरुमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम जारी रहेको छ । नलगाड नगरपालिका वडा नं. ९ मा भएको काँग्रेसको प्रशिक्षण सभामा विभिन्न पार्टी परित्याग गरी २५ जनाबढीले नेपाली काँग्रेस प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस नेता विन बहादुर सिंह, कर्ण बहादुर शाह, नगर कमिटी सभापति जय बहादुर सिंह लगायतले नव प्रवेशीहरुलाई स्वागत गरिएको नगर कमिटीका प्रवक्ता छवि पन्तले जानकारी दिनुभयो ।







