नेपाल नेत्र ज्योती संघद्वारा एक करोडबढीको स्वास्थ्य उपकरण सहयोग

सुर्खेत, १२ फागुन ।
नेपाल नेत्र ज्योति संघ सुर्खेत कार्यालयले एक करोडबढी मुल्य बराबरको उपकरण, सामाग्री सहयोग गरेको छ । सुर्खेत आँखा अस्पताललाई आँखाका विरामीहरुको उपचारमा सहयोग पुरयाउने उद्देश्यले स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको हो ।
सुर्खेत आँखा अस्पतालको सेवा विस्तारका लागि सिविएम जर्मनी र अष्ट्रेलियाको आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको छ । नेत्र ज्योती संघले अहिले प्याकेमेटी«, ए स्क्यान, चश्मा बनाउने अटो एजिङ मेसिन, प्रयोगशाला उपकरण, न्युन दृष्टि उपकरण, जलविन्दुको उपचारका लागि हम्प्री मेसिन, अटोरेपे्रक्टोमिटर र उपकरणसँगै अस्पताल क्षेत्रमा बालबालिकाका लागि बाल खेल मैदान समेत निर्माण गरिदिएको छ भने भौतिक पूर्वाधारमा अपांग मैत्री बनाएको छ ।
कर्णाली प्रदेशको एक मात्र सुबिधा सम्पन्न आँखा अस्पतालको रुपमा रहेको सुर्खेत आँखा अस्पतालमा पछिल्लो समय विरामीको चाप बढे सँगै आँखा रोग सम्बन्धिका विरामी आउने क्रम बढ्दो छ ।
अस्पतालमा सिमित मात्रमा उपचार उपकरणका सामाग्री हँुदा अस्पतालले सोचे जस्तो छिटो छरीतो तहरमा सेवा दिन सकेको थिएन । तर गएको केहि दिन अघि नेपाल नेत्र ज्योती संघले आँखा उपचार सम्बन्धि विभिन्न उपकरण सहयोग गर्दा थप सेवा दिन सकिने भएको अस्पताल प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताए ।







