पर्सा १ मा जसपाका प्रदीप यादव विजयी

वीरगञ्ज,७ मंसिर ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जसपाका उम्मेदवार प्रदीप यादव विजयी भएका छन् । यादवले २२ हजार ५ सय ३७ मत ल्याएका छन् ।
उनँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाउनु भएको छ राप्रपाका किरणमान डंगोलले दुई हजार ६ सय ५९ मत ल्याएर तेश्रो स्थान हासिल गरेका छन् ।





