प्रदेश सभा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता

सल्यान, ७ मंसिर ।
सल्यानमा दुई प्रदेशभाको मत गणना एकैसाथ गरिएको छ । प्रदेश सभा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता छ । प्रदेश सभा क्षेत्र नम्बर क मा नेकपा (माओवादी केन्द्र)का भीमप्रकाश शर्माले ५ हजार ९६८ अग्रता कायम गरेका छन् ।
शर्माले १६ हजार १८४ मत प्राप्त गरी अग्रता कायम छ । उनलाई नेकपा एमालेका उम्मेदवार कुलबहादुर गिरी १० हजार ११६ मत प्राप्त गरेका छन् । यस्तै, प्रदेश सभा क्षेत्र नम्वर ख मा नेपाली काँग्रेसका सुरेश अधिकारीले २ हजार १३५ ले अग्रता कायम गरेको छ ।
अधिकारीले १३ हजार ५९१ मत प्राप्त गरी अगाडि छन् । उनलाई नेकपा एमालेका गुलाबजंग शाहले ११ हजार ४ सय ५६ प्राप्त गरेका छन् । एकैपटक सङ्घ र प्रदेशको चार स्थानमा गणना भइरहेको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी दिए । उनका अनुसार अन्तिम नतिजा भोलि दिउँसोसम्म सार्वजनिक गरिसक्ने गरी मतगणना भइरहेको छ ।
सल्यानमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कुल मतदाता एक लाख ५७ हजार ७०१ मतदाता रहेको सल्यानमा ८४ हजार २२ ले मतदान गरेका थिए ।
गोरखापत्र





