जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

सुर्खेत, ९ चैत्र ।
जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले उक्त सडक खण्डको पाँचकाटियादेखि ब्याउली ढुङ्गासम्म स्तरोन्नति गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको हो ।

बहुवर्षे ठेक्कामार्फत सडक स्तरोन्नति गर्न लागिएको मन्त्रालयका योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सिडिई शुभराज न्यौपानेले बताए ।

बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको सुनिश्चिता गर्दै काम गर्न राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयलाई पत्र पठाएको छ ।

तत्काल ठेक्का खोजी काम गर्न भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सडक विभागलाई पत्राचार गरेको छ ।

चार वर्षदेखि सो सडकखण्ड कटान जारी छ । केही दिनमा बोलपत्र आह्वान गरी काम अगाडि बढाईने सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुव झाले बताए ।

जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

सल्यानमा ३७८ जना जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य

जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

प्रशासन जाजरकाेटबाट विद्युतिय राहदानी

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!